स्पेनिस सुपर कप : रियल र बार्सिलोना उपाधिका लागि भिड्दै

काठमाडौं। स्पेनिस सुपर कपको फाइनलमा आज (आइतबार) चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिड भिड्दै छन्।

साउदी अरवको किङ्ग अब्दुल्लाह स्पोर्ट सिटीमा हुने यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार आइतबार राति १२:४५ बजे सुरु हुने छ।

यसअघि सिजनको पहिलो एल क्लासिकोमा ४–० ले हार बेहोरेको रियल दुई महिनापछि सो हारको बदला लिने योजनामा छ। यता, बर्सिलोना भने सोही नतिजा दोहोर्‍याउँदै सिजनको पहिलो उपाधि जित्ने योजनामा हुनेछ।

रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले फाइनलमा दबाब हुने भएपनि टिमको फर्म हेर्दा रियल नै विजेता बन्ने दाबी गरेका छन्।बार्सिलोनाको हाइ लाइन दबाबलाई कसरी तोड्ने भनेर रियालले पूर्ण तयारी गरेको एन्सेलोटीको भनाइ थियो।

हान्सी फलिकको नेतृत्वमा सिजनको सुरुवातमा सानदार प्रदर्शन गरेको बर्सिलोनाले पछिल्लो समय लय गुमाएको छ। लास पाल्मास र लेगानेस जस्ता कमजोर टोलीसँगको हारले उसलाई ला लिगाको शीर्ष स्थानबाट तल झारेको थियो। तर बर्सिलोना स्पेनिस सुपर कपको सर्वाधिक सफल टोली हो ।

उसले कीर्तिमानी १४ पटक यो उपाधि जितेको छ। रियल १३ पटकको च्याम्पियन हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको