केएमसी अन्तरविद्यालय बास्केटबल : इनोभेटिभ विजयी

काठमाडाैँ । इनोभेटिभले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार जित हात पारेको छ।

बुद्धनगरस्थित आयोजक केएमसी स्कुलको कोर्टमा इनोभेटिभले सनसाइनलाई ३७–२७ ले पराजित ग¥यो । इनाभेटिभका पुजन श्रेष्ठले २३ अंक जोडे।

सिनियर ब्वाइजमै भद्र घलेले केयर इङलिसलाई ५०–२३, भीएस निकेतनले क्यान्भासलाई ३०–२९ र हेम्सले एन्जल लर्डलाई ४६–४० ले हराए। भद्र घलेका दिवस मगरले १९, भीएस निकेतनका सिद्धान्त श्रेष्ठले ९ र हेम्सका सुशांक आचार्यले २३ स्कोर गरे।

सिनियर गल्र्समा डिफेन्डिङ च्याम्पियन एनसीसीएसले क्यान्भासलाई २३–६ र केएमसी ‘ए’ लाई ४४–११ तथा काठमाडौं शिक्षालयले केएमसी ‘बी’ लाई १२–६ ले पाखा लगाए। क्यान्भास विरुद्ध एनसीसीएसकी ग्रिभा महर्जनले १४ र केएमसी ‘ए’ विरुद्ध एनसीसीएसकी दिभा महर्जनले २० तथा काठमाडौं शिक्षालयकी दृब्य चित्रकारले ६ अंक जोडे।

जुनियर ब्वाइजमा केयरले सफलता पायो। केयरले काठमाडौं शिक्षालयमाथि १५–१३ को जित रच्यो। केयरका सहज मिश्रले ८ अंक बटुले।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको