कुसुन्ती र बीबीसी उपाधिका लागि भिड्ने

काठमाडाैँ । आयोजक कुसुन्ती ‘बी’ र बीबीसी भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन्।

जावलाखेल मैदानमा भएको पहिलो सेमिफाइनलमा कुसुन्ती ‘बी’ ले थर्ड आई भेट्रानलाई ४–१ गोलले पराजित ग¥यो। विजयी टिमका लागि कृष्णबहादुर राई, बुद्ध लामा, सुवास कार्की र सविन श्रेष्ठले समान १–१ गोल गरे। थर्ड आईका किरण केसीले सान्त्वना गोल गरे।

अर्को सेमिफाइनलमा बीबीसीले जोरपाटी एफसीलाई १–० गोलले हरायो। बीबीसीका नवीन न्यौपानेले निर्णायक गोल गरे। फाइनल सोमबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको