बकैया कप : फाइनल समीकरण पूरा

बकैया । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत सिनियरतर्फको पनि फाइनल समीकरण पूरा भएको छ। आइतबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ६ लाई हराएर ९ नम्बर फाइनल प्रवेश गरेसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको हो।

बकैया-९ ले ६ लाई ५-० फराकिलो गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो। ९ को जितमा विशाल भोलनले खेलको २१औं, पासाङ घलानले ४०औं, विशाल जिम्बाले ७६औं  र अभिषेक भोलनले ५६औं र ८० औं मिनेटमा गोल गरे। खेलको प्लेयर अफ द म्याच अभिषेक घोषित भए। अब वडा नम्बर ९ ले उपाधीका लागि वडा नम्बर ३ नम्बरसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल मंगलबार हुनेछ।

यस्तै मंगलबार नै उपाधिका लागि जुनियरतर्फ वडा नम्बर १ र ११ बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको