आर्सनललाई हराउँदै युनाइटेड एफए कपको चौथो चरणमा

काठमाडौँ । आर्सनललाई पेनाल्टी सुटआउटमा हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ।

आइतबार राति भएको खेलमा युनाइटेडले आर्सनललाई पेनाल्टीमा ५–३ गोल अन्तरले पराजति गर्दै चौथो चरणमा पुगेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

९० मिनेटको खेलमा म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फेर्नानडेजले शुरुवाती गोल गरेका थिए भने आर्सनलका लागि गाब्रियल मागालहाजले एक गोल गरे।

खेलको ७०औँ मिनेटमा आर्सनलले पाएको पेनाल्टी मिस गर्दा खेल जित्ने अवसर गुमाएको थियो। त्यसअघि ६१औँ मिनेटमा युनाइटेडका डिओगो डालोटले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदा १० खेलाडीमा सिमित भएको थियो।

जितसँगै युनाइटेडले चौथो चरणमा अब लेस्टर सिटीसँग खेल्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको