काठमाडौं । जय ट्रफी मेन्स एलिट कपको उपाधिका लागि मंगलबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन्।
खेल वीरगन्जस्थित नारायणी किक्रेट मैदानमा बिहान ९ बजेबा सुरु हुने भनिएता पनि खराब मैसमको कराण टस हुन सकेको छैन। फाइनल खेल तीन दिवसीय हुने नेपाल क्रिकेट संघ क्याने जनाएको छ।
लिग चरणबाट पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेर उपाधि नजिक पुगेका थिए। पुलिसले दुई जित र एक बराबरीको नतिजा निकाल्दा आर्मीले दुई बराबरी र एक जित आत्मसात गरेको थियो।