टाइगर कप भलिबलमा १२ टोली सहभागि हुने

काठमाडौं । पाँचाे संस्करणकाे टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनमा १२ टोलीको सहभागिता रहने भएकाे छ।

अयोजक टाइगर ग्रुप अफ पोखराले मंगलबार सहभागि हुने टोलीको नाम सार्वजनिक गरेको हो। दुवैतर्फ समान ६ टोली सहभागि हुने छन्।

माघ १२ गतेबाट सुरु हुने प्रतियोगितामा दुवैतर्फ तीन विभागीय र एक विदेशी टोलीको सहभागिता रहनेछ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, श्रीलंकन भलिबल टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै, महिलातर्फ एपिएफ क्लब, न्यु डायमन्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको युनाइटेड प्यासन भलिबल क्लबको सहभागिता रहनेछ।

File Photo : Tiger Group of Pokhara Nepal


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको