केएमसी अन्तरविद्यालय बास्केटबल: भद्र घले क्वाटरफाइनलमा

काठमाडाैँ । भद्र घले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भद्र घलेले गोदावरी रेसिडेन्सियल स्कुललाई ४४–१४ ले सहजै पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो। भद्र घलेका दीपेन्द्र तोलाङ्गेले २० अंक जोडे।

सिनियर ब्वाइजकै अन्य खेलमा विल्सन एकेडेमीले केएमसी ‘बी’ लाई ४९–१९, क्यान्भासले एम्बासडरलाई ५२–४१, हेम्सले बाल दीक्षा सदनलाई ४६–३२ र एभरेष्टले भीएस निकेतनलाई ३५–२५ ले हराए। विल्सनका रेहान डंगोलले ९, क्यान्भासका विसन खड्काले २६, हेम्सका सुशांक आचार्यले २९ र एभरेष्टका कृतिक सुवालले २० स्कोर गरे।

जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले सनसाइनलाई २६–२१ ले पाखा लगायो। पिपुल्सका आयुश सिंहले २२ अंक जोडे। सिनियर गल्र्समा काठमाडौं शिक्षालय विरुद्धको खेलमा निस्ट २४–१३ ले विजयी भयो। निस्टकी संस्कृति पौडेलले ८ स्कोर गरिन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको