खो–खो विश्वकप : ब्राजिलमाथि नेपालको जित


काठमाडौं । भारतमा जारी खो–खो विश्वकपमा पुरुषतर्फ नेपालले ब्राजिलमाथि सहज जित हासिल गरेको छ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा बुधबार समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले ब्राजिललाई १३४–८ ले पराजित गरेको हो।

पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा पेलाई हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार भुटानको सामना गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको