काठमाडाैँ । हेम्स चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
हेम्सले मार्वलसलाई ४७–२७ ले पराजित ग¥यो। हेम्सका सुशांक आचार्यले १४ अंक जोडे। सोही स्पर्धामा सनसाइनले आयोजक केएमसी ‘बी’ लाई ६५–२४, केयर इङलिसले गोदावरी रेसिडेन्सियललाई ३६–१९ र एम्बासडरले एभरेष्टलाई ४४–२९ ले हराए। सनसाइनका विशाल खड्काले २९, केयरका सुशान्त मगरले १६ र एम्बासडरका विसन खड्काले ३४ स्कोर गरे।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले नेपाल सेन्ट्रललाई २२–१० तथा कश्यपले सनसाइनलाई १८–५ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे। ग्रिनफिल्डका अजय मगरले १० तथा कश्यपका एलेन लामाले १२ अंक जोडे।
सिनियर गल्र्समा रिब्सले क्यान्भासलाई २९–५ ले पन्छायो। रिब्सकी सिस्का थापाले १० स्कोर गरिन्।
