एनसीसीएस र रिब्स फाइनलमा

काठमाडाैँ । डिफेन्डिङ च्याम्पियन एनसीसीएस र रिब्स चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

एनसीसीएसले काठमाडौं शिक्षालयलाई २९–१७ ले पराजित ग¥यो । विजेताकी ग्रिभा महर्जनले १४ अंक   जोडिन्। रिब्सले भक्तपुर निस्टलाई १९–१५ ले हरायो। रिब्सकी विदिशा पराजुलीले ६ स्कोर गरिन्।

सिनियर ब्वाइजमा हेम्सले इनोभेटिभलाई ४९–२६, विल्सन एकेडेमीले एन्जल लर्डलाई ५६–२९, भद्र घलेले क्यान्भासलाई ५२–२२ र एम्बासडरले आयोजक केएमसी ‘ए’ लाई ६२–३४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। हेम्सका सुशांक आचार्यले २०, विल्सनका रेहान डंगोलले २७, भद्र घलेका दिवस मगरले २३ र एम्बासडरका विसन खड्काले ३५ अंक जोडे।

जुनियर ब्वाइजमा केयर इङलिसले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २१–१३, कश्यपले ग्रिनफिल्डलाई ३०–२० र काठमाडौं इङलिस स्कुल (केइएस) ले जनप्रेमीलाई २४–१४ ले पन्छ्याउदै सेमिफाइनलमा  पुगे। केयरका सहज मिश्रले ९, कश्यपका एलेन लामाले १८ र केइएसका सुशान्त गिरीले १६ स्कोर गरे। नेरिक एकेडेमी पनि पिपुल्स एकेडेमीबाट वाकओभर पाउदै सेमिफाइनलमा पुग्न सफल भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको