बागमतीसँग पुलिस बराबरीमा रोकियो

काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब बागमती युथ क्लबसँग बराबरीमा रोकिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार सम्पन्न खेलमा बागमती र पुलिस गोलरहित बराबरीमा राेकिएका हुन्।

खेलमा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन।

यो नतिजासँगै जारी लिजमा पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ। यता, बागमती ४ अंकका साथ चौथो स्थानमा छ। एपिएफ १८ अंकका साथ शीर्ष स्थानमा। १३ अंकसहित आर्मी दोस्रो स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको