खो-खो विश्वकपमा नेपालको दुवै टोली फाइनलमा


काठमाडौं । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला र पुरुष दुबै टोली फाइनलमा पुगेको छ।
पुरुषतर्फ इरानलाई शनिवार भएको सेमिफाइनल खेलमा इरानलाई ७२–२० ले हराउँदै नेपाली टोली फाइनलमा‌ पुगेको हो।

नेपालले शुक्रवार भएको क्वाटरफाइनलमा बंगालादेशलाई ६७-१८ ले हराउँदै अन्तिम चारमा पुगेको थियो। नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो। नेपालले समूह चरणमा भारतसँगको खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४-८ र पेरुलाई ८०-३४ लाई र भुटानलाई ९८-८ ले हराएको थियो ।नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो।

यस्तै, नेपाली महिला टोली शनिवारै भएको अर्को सेमिफाइनलमा युगाण्डालाई हराउँदै फाइनल पुगेको थियो।

युगाण्डालाई शनिवार ८९-१८ ले हराउँदै नेपाली टोली अपराजित रहँदै अन्तिम दुईमा‌ पुगेको हो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो। नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगालादेशलाई ८४-२४ ले हराएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको