नेपाल कबड्डी लिग : हिमालयनकाे पहिलाे जित

काठमाडौँ । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा हिमालयन रेडर्सले पहिलो जित हासिल गरेको छ। जितसँगै हिमालयनले पाँच अंक जोडेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको खेलमा पोखरा लेकर्सलाई हिमालयन रेडर्सले ३४-३० काे स्काेरले पराजित गरेको हो।

खेलमा हिमालय दुईपटक अलआउट भएकाे थियाे भने पाेखरा एकपटक अलआउट भयाे। पहिलाे हाफमा १३-११ ले अग्रता बनाएकाे हिमालयनले उक्त अग्रतालाई जाेगाउँदै खेलमा जित हासिल गर्याे। यसअघि प्रतियाेगिताकाे पहिलाे खेलमा पाेखरा काठमाडाैँसँग पराजित भएकाे थियाे। यता, हिमालयन जनकपुरसँग पराजित भएकाे थियाे।

योसँगै दोस्रो खेलमा हिमालयनले पहिलो जित हासिल गरेको छ। दोस्रो खेलमा पराजय ब्यहोरेको पाेखराकाे एक अंक छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको