चेल्सी चौथो स्थानमा उक्लियो

काठमाडौं। चेल्सीले इङ्लिस प्रिमियर लिगको चौथो स्थानामा उक्लिएको छ।

पाँच खेलको जितविहीन यात्रा अन्त्य गर्दै सोमबार वुल्भ्सलाई ३–१ ले पराजित गरेसँगै चेल्सी चौथो स्थानमा उक्लिएको हो।

जितसँगै २२ खेलबाट चेल्सीले ४० अंक पुर्‍याएको छ। समान खेल खेलेका न्युकासल र म्यानचेस्टर सिटी दुई अंकले पछि छन्। वुल्भ्स रेलिगेसन जोनभन्दा एक माथि १७ औं स्थानमा छ। 

खेलको २४औं मिनेटमा रीस जेम्सको प्रहार डिफ्लेक्ट भएर आएको बललाई  तोसिन अडाराबियोयोले ६ मिटर टाढाबाट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको