काठमाडाैँ । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा काठमाडाैँ लेकर्सले दाेस्राे जित हासिल गरेकाे छ।
त्रिपुरेश्वरस्थित राखेपकाे कभर्डहलमा मगलबार भएकाे दिनकाे पहिलाे खेलमा काठमाडाैँले हिमालयन रेडर्सलाई ५६-३४ काे स्काेरमा पराजित गरेकाे हाे। जितसँगै काठमाडाैँले जारी प्रतियाेगितामा तीन खेलबाट ११ अक जाेड्दै शीर्ष स्थानमा उक्लिएकाे छ।
खेलमा सुरुआती समयदेखिनै अग्रता बनाएकाे काठमाडाैँले खेलको पाँचौँ मिनेटमा हिमालयनलाई अल आउट गरेकाे थियाे। काठमाडौँले ९–२ को अग्रता बनायो। त्यपछि खेलको ११औँ मिनेटमा पुन: हिमालयन अल आउट हुँदै २१–६ ले स्कोर सुम्पियो। पुन: ३२–१० को स्कोरमा तेस्रोपटक १७औँ मिनेटमा हिमालयन अलआउट भयो।
पहिलो हाफमा ३६–१३ को फराकिलो स्कोर बनायो। त्यसपछि दोस्रो हाफमा काठमाडौँ ३८-२२ को स्कोरमा पहिलोपटक अलआउट भयो। दोस्रो हाफमा ५०–२७ को स्कोरमा पुन: हिमालयन अलआउट भयो।
