नवीन र समीरको ह्याट्रिक

काठमाडौं। समीर कुमार र नवीन गौतमले ह्याट्रिक पूरा गरे खेलमा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो स्थानमा उक्लिएको छ।

एन्फा यु–१६ युथ लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा पुलिसले सातदोबाटोमाथि ८–० को फराकिलो जित हात पारेको हो।

पुलिसको जितमा समीर र नवीन गौतमले ह्याट्रिक पूरा गर्दा किरणराज गिरी र रोहन पोख्रेल मगरको नाममा समान एक गोल रह्यो।

जितसँगै पुलिसले ६ खेलबाट १३ अंक पुर्‍याएको छ। समान खेलबाट सातदोबाटोको ६ अंक छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको