बिहीबारदेखि सभापति कप

काठमाडाैँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता बिहीबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै। उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्ने छन्।

नकआउट प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागी टिमले तयारी राम्रो भएको बताए। आयोजकले भीआईपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरेको छ। प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ।

यसैगरी हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ। सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको