काठमाडौं। साबिक विजेता एपिएफ अपराजित रहँदै एन्फा महिला लिगको फाइनलमा पुगेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न पहिलो क्वालिफायरमा एपिएफले त्रिभुवन आर्मी क्लबविरुद्ध २–१ को पुनरागमन हासिल गर्दै फाइनलमा स्थान बनाएको हो।
एपिएफको जितमा रश्मिकुमारी घिसिङले दुई गोल गरिन्। आर्मीका लागी हिमा चौधरीले गरेको गोल सान्त्वना बन्यो।
पराजित आर्मीले भने दोस्रो क्वालिफायरमा नेपाल पुलिस क्लबसँग खेल्ने छ। यो खेलमा जित निकाल्न सके आर्मीले पुन: एपिएफसँग भेट पक्का गर्नेछ।


