चौथो कृष्णप्रसाद भट्टराई स्मृति कराते फागुन तेस्रो साता


काठमाडाैँ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा चौथो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ।

नेपाल कराते संघको प्राविधिक सहयोग रहने प्रतियोगिता फागनु १६, १७ र १८ गते सातदोबाटोस्थित नेपाल कराते ऐकेडेमीमा हुनेछ।

कराते महासंघको वार्षिक क्यालेन्डरमा समावेश यस प्रतियोगितामा पुरुष तर्फ ५०, ५५, ६०, ७५, ८४ केजीमुनि, ८४ केजीमाथी एकल र टिम काता तथा महिला तर्फ ४५, ५५ ६१, ६५, ६८केजीमुनि, ६८ केजीमाथि, एकल र टिम काता गरी १७ तौल समूह समवेश गरिएको आयोजकले बताएको छ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलले सहभागिता जनाउनेछन्। प्रत्येक टोलीमा २१ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक रहने व्यवस्था छ।

प्रतियोगिता आयोजनका लागि अनुमानित बजेट ५५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।

विजेताले ट्रफीसहित १ लाख, उपविजेताले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीलाई ट्रफी सहित जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको