खेलकुदमन्त्री चौधरीले बनाए आफ्नै स्कुलको प्रिन्सिपललाई राखेप बोर्ड सदस्य


काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नै लगानीमा रहेको नाइटिङ्गेल स्कुलकी प्रिन्सिपललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त गरेका छन्।

खेलकुदमन्त्री चौधरीको लगानीमा ललितपुरको कुपन्डोलमा नाइटिङ्गेल स्कुल रहेको छ। त्यस विद्यालयमा चौधरी अध्यक्ष र प्रधान प्रिन्सिपल हुन्।

आफ्नै स्कुलकी प्रिन्सिपल प्रधानलाई मन्त्री चौधरीले नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको बोर्डमा भित्राएका छन्। मन्त्री चौधरी राखेपको बोर्ड अध्यक्षसमेत हुन्। मन्त्रीस्तरीय निर्णयअनुरूप नाइटिङ्गलकी प्रिन्सिपल प्रधानसँगै बिदुर ढुङ्गा राखेपको बोर्ड सदस्यमा नियुक्त भएका छन्। राखेपको कार्यकारी समितिमा ल्याउने गरी मन्त्री चौधरी आफ्नै स्कुलकी प्रिन्सिपलाई राखेप बोर्ड सदस्यमा ल्याएका हुन्।

बोर्ड सदस्य नियुक्ति गर्न मन्त्रीले एक महिना अघिमात्र प्रधानलाई नेपाल विद्यालय खेलकुद महासंघको सदस्यमा निर्वाचित गराएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको