सिन्धुपाल्चोक । चौतारा स्पोर्टिङ क्लबको आयोजनामा हुने तेस्रो संस्करणको चौतारा सांगाचोकगढी नगरपालिका स्तरीय अन्तर मावि सेभेन ए साइड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएका छन्।
प्रतियोगिताको उद्घाटन खेलमा सेतीदेवि स्याउलेले सिद्धि गणेश सानोसिरुवासीसँग खेल्नेछ। उक्त खेल दिउँसो १:३० बजेबाट सुरु हुनेछ।
यस्तै पहिलो दिन तीन खेल हुनेछ भने दोस्रो दिन चार खेल हुनेछ। अन्तिम दिन दुई सेमिफाइनल र फाइनल खेल हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा चौतारा सांगाचोकगढी नगरपालिका भित्रका ११ विद्यालयले सहभागिता जनाएका छन्। सहभागी ११ टिमलाई दुई पोलमा विभाजन गरिएको छ।
माघ १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता ३० हजार पाउनेछ। यस्तै, उपविजेताले २० हजार र सेमिफाइनल पुग्ने टोलीले नगद ५ हजार प्राप्त गर्नेछन्।
प्रतियोगिताको सबै खेल चौताराको टुँडिखेलस्थिति मिनि रंगशालामा हुनेछ।
