काठमाडौं माभरिक्स नेपाल कबड्डी लिगको फाइनलमा

काठमाडौं माभरिक्स नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको क्वालिफायर टु मा काठमाडौंले विराटनगरलाई ४८-२६ पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

यसअघि लिग चरणमा विराटनगरसँग काठमाडौं ४४-४३ ले पराजित भएको थियो। रेडबाट काठमाडौंले २४ अंक जोड्दा विराटनगरको १३ अंक रह्यो। डिफेन्डसमा पनि काठमाडौं अगाडि रह्यो। डिफेन्सबाट काठमाडौंले ९ र विराटनगरले २ अंक जोड्यो। यस्तै काठमाडौंले ३ अलआउटबाट ६ अंक प्राप्त गर्यो । बोनसमा भने विराटनगरले ११ र काठमाडौंले ९ अंक हासिल गरे।

काठमाडौंले अब उपाधिका लागि जनकपुर नाईट्ससँग खेल्नेछ ।जनकपुरले क्वालिफायर वानमा विराटनगरलाई पराजपित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । लिगमा तेस्रो भएको काठमाडौंले एलिमिनेटरमा धनगढी वाईल्डक्याट्सलाई हराएर क्वालिफायर टु मा स्थान बनाएकोथियो । जनकपुर र काठमाडौंबीचको फाइनल खेल माघ १८ गते हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको