युरोपा लिग : युनाइटेड विजयी

काठमाडौं । म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिगमा विजयी हासिल गरेको छ।

युनाइटेडले बिहीबार घरेलु टोली एफसिएसबीमाथि २-० को जित हासिल गरेको हो।

पाहुना टोली युनाइटेडलाई जित दिलाउन डियगो डालोट र कोबी माइनोले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए।

खेलको ६०औं मिनेटमा डालोटको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै माइनोले टोलीको अग्रता दोब्बर बनाए।

त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेडले आफ्नो अपराजित यात्रालाई कायम राख्यो। जितसँगै युनाइटेड ८ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित एफसिएसबी समान खेलबाट १४ अंकका साथ ११औं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको