काठमाडौं । अल नासरले साउदी प्रो लिगमा विजयी हासिल गरेको छ।
किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीबार घरेलु टोली अल रैदमाथि नासरले २-१ को रोमाञ्चक जित दर्ता गरेको हो।
अल नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे। अर रैदका लागि अमिर सायुदले गरेको गोल सान्त्वना बन्यो।
खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलमार्फत अल नासरले सुरुआती अग्रता लिएको थियो। दोस्रो हाफरको सुरुआतमै बौउशलले टोलीको अग्रता दोब्बर बनाए।
सायुदले ७६औं मिनेटमा गोल गर्दै अल रैदलाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन।
जितसँगै १८ खेलमा ३८ अंक जोडेको अल नासर तेस्रो स्थानमा उक्लिएको छ । पराजित अल रैद समान खेलबाट १४ अंकका साथ १५औं स्थानमा छ।
