प्रशिक्षक मोन्टीको कार्यकाल थप नहुने

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको कार्यकाल थप नगरिने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एक विज्ञप्ती जारी गर्दै मुख्य प्रशिक्षक मोन्टीलाई बिदाई गरेको जनाएको छ।

उनको २ वर्षे सम्झौता यही फेब्रुअरीबाट सकिएको र सम्झौता नविकरण नगरिएको क्यानले जनाएको हो। क्यानले उनलाई आगामी यात्राको सफलताको शुभकामना पनि दिएको छ।

मोन्टीको कार्यकालमा नेपाल ओडिआई मान्यता जोगाउनुका साथै ओडिआई विश्व कपको छनोट समेत खेलेको थियो। उनकै कार्यकालमा नेपालले पहिलो पटक एसिया कप समेत खेलेको थियो भने दोस्रो पटक टी२० विश्पक कपसमेत खेलेको थियो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको