ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने

काठमाडौं । ज्ञान निकेतन र नेरिक एकेडेमी १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दुई विधाको उपाधिका लागि भिड्ने भएका छन्।

शनिबार भएको सिनियर र जुनियर ब्वाइजको सेमिफाइनलमा आ–आफ्नो प्रतिद्वन्द्वीमाथि जित निकाल्दै ज्ञान निकेतन र नेरिकले उपाधि भिडन्त पक्का गरेका हुन्।

सिनियर ब्वाइजको सेमिफाइनलमा ज्ञान निकेतनले मातृभूमिलाई ५९–४६ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा सवाज मन्सुरले २५ अंक योगदान गरे। अर्को सेमिफाइनलमा सुशल मगरको १८ अंक सहयोगमा नेरिकले आयोजक इनोभेटिभलाई ४०–३३ ले हरायो।

जुनियर ब्वाइजको सेमिफाइनलमा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २६–२० तथा नेरिकले केयर इङलिसलाई ३२–२० ले पाखा लगाए। ज्ञान निकेतनका करण राईले १४ तथा नेरिकका सविन खत्रीले १८ स्कोर गरे।

सिनियर गल्र्समा भने ज्ञान निकेतन फाइनल पुग्नबाट वण्चित भयो। सेमिफाइनलमा रोज बडले ज्ञान निकेतनलाई १९–१० ले रोक्यो। रोज बडकी स्वच्छता श्रेष्ठले ९ अंक जोडिन्। फाइनलमा रोज बडको भेट मातृभूमिसंग हुनेछ। अर्को सेमिफाइनलमा मातृभूमिले रिब्समाथि १९–१५ को जित दर्ता ग¥यो। मातृभूमिकी साइजा श्रेष्ठले ८ अंक बटुलिन्। फाइनल आइतबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको