काठमाडौं । त्रिकोणात्मक टी–२० आई महिला सिरिजअन्तर्गतको आफ्नो चौथो खेलमा थाइल्यान्डले नेपाललाइ १०७ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनायो।
थाइल्यान्डको लागि चन्निदा सुथेराले सर्वाधिक २७ रन बनाइन्। २८ बलको सामना गरेकी उनले एक चौका समेत प्रहार गरिन्।
नेपालको लागि मनिषा उपाध्यायले सर्वाधिक तीन विकेट लिदाँ पूजा महतो र रचना चौधरीले समान एक एक विकेट लिए।