फेरिल्यान्ड र बीएनएको विजयी सुरुआत

काठमाडाैँ । आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा मंगलबार विजयी सुरुआत गरेका छन्।

कपनस्थित घरेलु कोर्टमा फेरिल्यान्डले लोयल्टी एकेडेमीलाई ३१–१८ ले पराजित ग¥यो। फेरिल्यान्डको जितमा करुणा बोगटीले ८ अंक योगदान गरिन्। डेनिशा जिसी र पासाङ शेर्पाको समान ६–६ अंक सहयोगमा बीएनएले मन्जरीलाई २६–२२ ले हरायो।

जुनियर गल्र्समै सेन्ट जोसेफले पिक प्वाइन्टलाई २२–१७ तथा एनसीसीएसले ब्रेनल्यान्डलाई ३०–२१ ले पाखा लगाए। सेन्ट जोसेफकी तुलसा विष्टले ६ तथा एनसीसीएसकी याङजुम शेर्पाले १२ स्कोर गरे।

जुनियर ब्वाइजमा फेरिल्यान्डले पिक प्वाइन्टलाई ३४–२७, सेन्ट जोसेफले रिलायन्स को–एडलाई ३०–२२, किङडम हिमालयनले मन्जरीलाई ५२–३२ र न्युटनले फ्युजन एकेडेमीलाई ३४–१९ ले पन्छाए। फेरिल्यान्डका मिङमार तामाङले १२, सेन्ट जोसेफका सविन मगरले १०, किङडमका विकास लामाले ८ र न्युटनका आर्यन विकले २२ अंक बटुले।

प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिका प्रवक्ता एवं वडा १० का अध्यक्ष नवराज भट्टराई र फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे। प्रतियोगिताको जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी छन्। फाइनल आइतबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको