काठमाडौँ । २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा प्रतियोगिमा मच्छिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको गरेको छ।
पोरखरा रंगशालामा बुधबार सम्पन्न खेलमा मच्छिन्द्रले विभागीय टोली एपिएफ फुटबल क्लबलाई २–० ले पराजित गरेको हो।
मच्छिन्द्रको जितमा आदित्य शाख्य र स्टेफेन जालीले समान एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरी खेलको मच्छिन्द्रका लागि खेलको ७४औँ मिनेटमा गोल गर्दै आदित्य सुरुआती अग्रता दिलाएका ।
यस्तै ८२औँ मिनेटमा स्टेफेनले गोल गर्दै मच्छिन्द्रलाई २–० को जित पक्का गरे।
यो जितसँगै मच्छिन्द्रले सेमिफाइनल प्रवेश गर्न थ्री स्टारसँग माघ २७ गते खेल्नेछ। थ्री स्टार सिधै बाइ पाएर क्वाटरफाइनलमा प्रवेश गरेको हो।
फाइल: तस्विर
