आयोजक एक्सेल्सियरको विजयी सुरुआत

काठमाडौँ । आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज बास्केटबलमा बुधबार विजयी सुरुआत गरेको छ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले ह्वाइटफिल्डलाई २७–११ ले पराजित ग¥यो । एक्सेल्सियरका छिरिङ गुरुङले १२ अंक जोडे। सिनियर ब्वाइजमै संस्कृतिले पुष्पसदनलाई २२–२०, भ्याली भ्युले होली भिजनलाई ३४–२६ र रेडियन्ट पब्लिकले न्यु जेनिथलाई ४३–१९ ले हराए । संस्कृतिका प्राण्जन शर्माले ९, भ्याली भ्युका गणेशबहादुर विष्टले १५ र रेडियन्टका सुप्रित लामिछानेले ११ स्कोर गरे।

बास्केटबलकै सिनियर गल्र्समा रिब्सले निःसर्ग वाटिकालाई २४–१ तथा ल्यान्डमार्क एकेडेमीले एक्सेल्सियरलाई २१–५ ले सहजै पाखा लगाए। रिब्सकी सुप्रिया मल्लले ९ तथा ल्यान्डमार्ककी प्रतिक्षा राईले ११ अंक बटुले।

ब्वाइज फुटसल
ब्वाइज फुटसलको यु–१४ मा एक्सेल्सियरले शानदार जित हात पारेको छ । एक्सेल्सियरले काभ्यामाथि ७–१ को सहज जित दर्ता ग¥यो। एक्सेल्सियरका लागि कृष एक्लैले ४ गोल गर्दा साहिल, निक्सन र आयानले समान १–१ गोल थपे । काभ्याका प्रयुश दाहालले सान्त्वना गोल गरे।

यु–१६ मा निःसर्ग वाटिकाले एक्सेल्सियरलाई २–० गोलले पराजित ग¥यो। निःसर्गका सदिसनध्वज र अक्सिन दासले समान १–१ गोल गरे। बोधीसत्व विरुद्धको खेलमा भने निःसर्गले २–२ गोलको बराबरी खेल्यो। यु–११ मा काभ्याले संस्कृतिलाई २–० गोलले हरायो। काभ्याका लागि दुवै गोल रेहान श्रेष्ठले गरे। भ्याली भ्यु र स्वस्तिश्री गुरुकुलबीचको खेल गोलरहित बराबरीमा सकियो।

यु–९ मा काभ्याले एक्सेल्सियरलाई ४–१ गोलले पाखा लगायो। काभ्याका प्राण्जलले ह्याट्रिक तथा सुवासिशले १ गोल गरे। एक्सेल्सियरका सनिश रजौरेले १ गोल फर्काए।संस्कृतिले एक्सेल्सियरलाई ३–० गोलले पन्छायो। संस्कृतिका श्रीयान्श, आर्भे र अर्सवले समान १–१ गोले गरे।

प्रतियोगिताको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामाले एक कार्यक्रमबीच उद्घाटन गरे। बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १२ टिम सहभागी छन्। ब्वाइज फुटसलको यु–९ मा ९, यु–११ मा १४, यु–१४ मा १२ र यु–१६ मा १२ टिमले भाग लिएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको