खेलेर पनि बाँच्न सक्ने कानूनी व्यवस्था छ : घिसिङ


काठमाडौं । खेलकुदलाई तहगत रुपमा विकास गर्ने उदेश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए।

दोस्रो विश्वविद्यालय खेलकुदको आज पोखरामा उद्घाटन गर्नु हुदै घिसिङले खेलेर पनि बाँच्न सक्ने कानूनी व्यवस्था गरिको जानकारी पनि दिए।

सहआयोजक गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सदस्य तथा कार्यक्रम संयोजक डा मधुसुदन सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा विश्व विध्यालयका रजिष्टार, डिन तथा कार्यक्रम संयोजकहरुको उपस्थिति थियो।

माघ २४ गते सम्म सन्चालन हुने प्रतियोगितामा काठमाण्डौ,पूर्वान्चल, त्रिभूवन, पोखरा, गण्डकी, लम्विनी, सुदुर पश्चिम, कृषि तथा वन विज्ञान र पूर्वान्चल विश्व विद्यालका टिम सहभागी छन्।

भलिबल, एथलेटिक्स,टेबलटेनिस र व्याडमिन्टनमा गरि १९ स्वर्ण पदका लागि प्रतिष्पर्दा भईरहेको प्रतियोगिताका सचिव तथा राखेप प्रतियोगिता विभाग प्रमुख मिन कुमार शर्माले बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको