ललितपुर । दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
सेमिफाइनलमा बाँडेगाउँको बुद्ध मावि र लेलेको गंगा जमुना मावि तथा रिदभान एकेडेमी र लेलेको अमरकान्ति माध्यमीक विद्यालयबीच प्रतिस्पर्धा हुने भएको छ।
ढोलाहिटीस्थित विनायक स्र्पोट्स कम्प्लेक्समा बुधबार सम्पन्न क्बार्टरफाइनलको खेलमा विजयी हुँदै बुद्ध, गंगा जमुना, रिदभान र अमरकान्तिले अन्तिम चारमा स्थान बनाएका हुन्।
समूह ए को विजेता बन्दै अन्तिम आठमा पुगेको एभरेष्ट स्कूललाई समूह सि को उपविजेता बन्दै क्बार्टरफाइनलमा पुगेको रिदभानले पेनाल्टिमा ४–३ गोलले जित्दै सेमिफाइनलमा पुगेको हो । यसअघि निर्धारित समय दुबैतर्फबाट १–१ गोल भएको थियो।
यस्तै समूह ए को उपविजेता इन्द्रेणीलाई ६–० को भारी अन्तरले हराउँदै समूह सि को विजेता अमरकान्तिले सेमिफाइनल सुनिश्चित पा¥यो। प्रतियोगिताको तेस्रो क्बार्टरफाइनलमा समूह डि को उपविजेता गंगा जमुनाले चापागाउँको सांग्रिला इन्टरनेसनल स्कूललाई पेनाल्टिमा ३–१ ल पाखा लगायो। यसअघि निर्धारित समय दुबैतर्फबाट ३–३ गोल भएको थियो।
अन्तिम क्बार्टरफाइनल खेलमा बुद्ध मावि बाँडेगाउँले लेलेको सरस्वती माविलाई ५–२ गोल अन्तरले पाखा लगाएको छ। सेमिफाइनल र फाइनलका खेलसँगै समापन समारोह बिहीबार हुनेछ।
नगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिल्वालले गरेका थिए।
प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप विजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, र उदयीमान खेलाडीले जनही ५ हजार पाउने छन्।
त्यस्तै प्रतियोगिताको उद्घाटनका बेला उत्कृष्ट मार्चपास गर्ने टोलीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद ५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक निकेश श्रेष्ठले बताए।
