पोखरा । मछिन्द्र फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पोरखरा रंगशालामा बुधबार सम्पन्न खेलमा मछिन्द्रले विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध २-० को जित निकाल्दै आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा पुगेको हो।
खेलको ७४औं मिनेटमा आदित्य शाक्यले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । तेस्तै खेलको ८२औं मिनेटमा स्टेफन कामाहाले दोस्रो गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए।
अब मछिन्द्रले क्वार्टरफाइनलमा थ्री स्टार क्लबको सामना गर्नेछ।


