रियल सेमिफाइनलमा

काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुटार्क म्युनिसिपल रंगशालामा बुधबार राति लेगानेसविरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्दै रियल सेमिफाइनलमा पुगेको हो।
बपाहुना टोली रियललाई जितमा लुका मोड्रिक, एन्ड्रिक र एन्जेलो गार्सियाले गोल गरे। लागनेसका लागि दुवै गोल जुआन क्रुजले गरे।

खेलको १८औं मिनेटमा मोड्रिकको गोलमार्फत रियलले अग्रता लिएको थियो। सात मिनेटपछि एन्ड्रिकले टोलीको अग्रता दोब्बर बनाए।

क्रुजले ३९औं मिनेटमा पेनाल्टीमार्फत लेगानेसका लागि गोल फर्काए। ६९औं मिनेटमा क्रुजले व्यक्तिगत दोस्रो गोल गर्दै लेगानेसलाई २-२ को बराबरीमा ल्याए।इन्जुरी समयमा गार्सियाले गोल गर्दै रियाललाई ३-२ को रोमाञ्चक जित दिलाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको