काठमाडौँ । दोस्रो घोडेजात्रा कप सिक्स ए साइड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।
भुईखेल फुटबल क्लबको आयोजनमा सो प्रतियोगिता हुन लागेको हो। प्रतियोगिाको लागि सहभागि हुने टिमको लागि आयोजकले टिम दर्ता पनि खुल्ला गरेको भुईखेल क्लबले जानकारि दिएको छ।
प्रतियोगिताको चैत्र ९ गतेबाट १२ गतेसम्म हुनेछ। आयोजकले जानकारि दिए। प्रतियोगिता काठमाडौँको स्वयम्भु नजिक हुनेछ।
प्रतियोगिताको विजेताले नगद रु ४० हजार रुपैया साथै ट्रफि,मेडल र प्रमाण पत्र पनि प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले नगद रु २० हजार रुपैया साथै ट्रफि,मेडल र प्रमाण पत्र पनि प्राप्त गर्नेछ। साथै व्यक्तिगत विधातर्फ पुरस्कार रहेको आयोजकले जानकारि दिएको छ।
प्रतियोगिताको लागि सहभागि हुन चाहाने टिमले आयोजकको नम्बर ९८१८२९९८४९ र ९८०८४६६८२० मा समपर्क गर्न सक्नुहुनेछ।
