काठमाडाैँ । आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र न्युटन प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
बालुवाखानीस्थित घरेलु कोर्टमा फेरिल्यान्डले एपेक्स लाइफलाई २६–१६ ले पराजित ग¥यो। फेरिल्यान्डको जितमा सन्दिपा राईले १८ अंक योगदान गरिन्। आईरिन राणाको १० अंक सहयोगमा न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २६–२० ले हरायो।
सोही स्पर्धामा बौद्ध चिल्ड्रेन हेभेनले सेन्ट जोसेफलाई ३०–२० तथा एनसीसीएसले ग्रिनल्यान्डलाई २९–२५ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। बौद्धकी जस्मिन गुरुङले १४ तथा एनसीसीएसकी सियोना श्रेष्ठले १९ अंक जोडे। सेमिफाइनलमा बौद्धको भेट एनसीसीएससंग हुनेछ भने फेरिल्यान्डले न्युटन विरुद्ध खेल्ने छ।
जुनियर ब्वाइजमा बीएनएले सेन्ट जोसेफलाई २१–१७, किङडम हिमालयनले हिमालयलाई ४५–२५, न्युटनले गुरुकुललाई ३७–२७ र ग्रिनल्यान्डले फेरिल्यान्डलाई २०–१६ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे। बीएनएका कुशल थापाले ८, किङडमका प्रवेश लामाले १२, न्युटनका आर्यन विकले १० र ग्रिनल्यान्डका विश्वास केसीले ८ स्कोर गरे। सेमिफाइनल बीएनए र न्युटन तथा किङडम र ग्रिनल्यान्डबीच हुनेछ।
