म्याग्वायरको गोलमा युनाइटेड अन्तिम १६ मा

काठमाडौँ । ह्यारी म्याग्वायरको गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले अन्तिम क्षणमा लेस्टर सिटीविरुद्ध २(१ को नाटकीय जित दर्ता गर्दै एफए कपको अन्तिम १६ मा स्थान बनाएको छ।

खेलको सुरुवातदेखि नै लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि दबाब सिर्जना गर्यो। पहिलो हाफको अन्त्यतिर डि कोर्डोवा(रीडले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।

खेलको ६५औं मिनेटमा बराबरी गोल गराए। लेस्टरका डिफेन्डरहरू गर्नाचोलाई नियन्त्रण गर्न असफल रहे।

खेल अतिरिक्त समयतर्फ अघि बढ्ने संकेत गरिरहेको थियो। तर अन्तिम मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको उत्कृष्ट फ्रि(किकलाई म्याग्वायरले गोलमा परिणत गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको