कैलाली । दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन्।
धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई आफ्नो टीमबाट खेलाउने भएको हो।
प्रतियोगिताको दोस्रो सेमिफाईनलमा भोली डिसिए धनगढीले सिवाईसी अत्तरियासँग खेल्दैछ। भोलीको खेल रोमाञ्चक हुने भएको छ।
डिसिएबाट दिपेन्द्र सिंह ऐरी, ललीत राजवंशी, लोकेश बम, नारायण जोशी लगायतका खेलाडीहरु रहेका छन्। अत्तरियामा भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान लगायतका खेलाडीहरु रहेका छन्। दुबै टोलीहरुको खेल प्रतिस्पर्धात्मक हुने भएको छ।