भेट्रान एथलेटिक्स टोली थाइल्यान्ड जाने

काठमाडौं । थाइल्यान्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २९औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको चाङमाइ प्रस्थान गर्ने भएको छ।

फेब्रुअरी १२ तारिखमा हुने प्रतियोगितामा कृष्णप्रसाद सिग्देल, गिवार्णविक्रम शाह, सुनिल शाक्य, नरेन्द्रमान श्रेष्ठ, अशोक विष्ट, गौतम माझी, सुनिलकुमार लालवानी, शंकर शाह र गोविन्दबहादुर थापालले विभिन्न उमेरसमूहको विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्।

टिम व्यवस्थापकमा भैरव शाही र अफिसियलमा सची शाह छन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको