काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय महिला च्याम्पनसिपको लागि श्याम मानन्धर र भगवती थापालाई सहायक प्रशिक्षकको भूमिका नियुक्त गरेको छ।
एन्फाका महासचिव किरण राईरले सोमबार उनीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरे। उक्त प्रतियोगिताको लागि एन्फाले यसअघि मुख्य प्रशिक्षको जिम्मेवारी राजेन्द्र तामाङलाई दिइसकेको छ।
तामाङले प्रतियोगिताका लागि आइतबार ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका थिए।
नेपालले आफनै घरेलु मैदानमाम्यानमार,किर्गिस्तान र लेबनानसँग खेल्ने छ।
