युकेमा सरिनालाई स्वर्ण

काठमाडाैँ । नेपालकी सरिना घलेले डब्लुएमएसी इङलिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्। ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै सरिनाले स्वर्ण जितेकी हुन्।

इङल्यान्डको क्यानोकस्थित चेस लिजर सेन्टरमा भएको प्रतियोगिताको ट्रेडिसनल वेपन फममा सरिनाले स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन्। तेश्रो डान सरिनाले ९.१ अंक जोडिन्। इङल्यान्डकी एमिली जेन दोश्रो भइन्।

प्रतियोगितामा करिब ८ सय खेलाडीको सहभागित रहेको बताइएको छ। अध्यक्ष राईका अनुसार सरिना विगत १ वर्षदेखि युकेमै अध्ययनरत छिन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको