काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक जित दर्ता गरेको छ।
सान सिएरोमा सोमबार सम्पन्न खेलमा मिलानले फियोरेन्टिनालाई २–१ ले पराजित गरेको हो।
घरेलु टोली इन्टरलाई जित दिलाउन मार्को अर्नाउटोभिकदे गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो। फियोरेन्टिनाका लागि रोलान्डो मन्ड्रागोराले गोल फर्काए।
खेलको २८औं मिनेटमा मारिन पोन्ग्रासिकबाट आत्मघाती गोल हुन पुग्दा इन्टरले अग्रता लिएको थियो। पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा मान्ड्रागोराले पेनाल्टीमार्फत गोल गर्दै फियोरेन्टिनालाई बराबरीमा ल्याए।
अर्नाउटोभिकले ५२औं मिनेटमा गोल गर्दै इन्टरलाई २–१ ले अगाडि बढाए।
जितसँगै दोस्रो स्थानको इन्टरले २४ खेलमा ५४ अंक जोडेको छ। यो लिग लिडर नापोलीको भन्दामात्र एक अंक कम हो। पराजित फियोरेन्टिना समान खेलबाट ४२ अंकका साथ छैटौं स्थानमा छ।
