हेराल्ड कलेज सेमिफाइनलमा

काठमाडाैँ । आयोजक हेराल्ड कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

हेराल्डले साउथ वेस्टर्नलाई ६४–५८ ले पराजित ग¥यो। हेराल्डका बुद्ध सुनारले १९ अंक जोडे। सेमिफाइनलमा हेराल्डको भेट ग्रिनफिल्डसंग हुनेछ। ग्रिनफिल्डले लालीगुराँस नेसनल एकेडेमीलाई ८९–५२ ले हरायो। ग्रिनफिल्डका सशान्त कार्कीले १८ स्कोर गरे।

बसुन्धरास्थित आयोजक हेराल्ड कलेजमा भइरहेको प्रतियोगितामा गोल्डेनगेट र जेभियरले पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै सेमिफाइनल भिडन्त पक्का गरे।

गोल्डेनगेटले मनास्लुमाथि ५१–४५ को जित रच्यो। गोल्डेनगेटका युवराज तामाङले १८ अंक बटुले। जेभियरले एन्जल्स हार्टको चुनौती ६३–४१ ले समाप्त पा¥यो। जेभियरका लक्की महर्जनले १५ अंक जोडे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको