पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ आहा!रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
कास्कीस्थित पोखरा रंगशालामा बुधबार भएको खेलमा पुलिसले चर्चलाई १-० गोलले पराजित गरेको हो।
पुलिसलाई जित दिलाउन संजीव लामाले निर्णायक गोल गरे।
खेलको पहिलो हाफको रोहित बराबरीमा समाप्त भए पनि सञ्जीवले ५८औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रतामा राखेका थिए।
जितसँगै फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका निम्ति आगामी शनिबार उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालकै थ्री स्टार क्लब बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
दोस्रो सेमिफाइनल बिहिवार हुनेछ।
