काठमाडाैँ । ग्रिनफिल्ड र जेभियर इन्टरनेसनल कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन्।
पहिलो सेमिफाइनलमा ग्रिनफिल्डले आयोजक हेराल्ड कलेजलाई ६६–५९ ले पराजित ग¥यो। ग्रिनफिल्डको जितमा सशान्त कार्कीले २८ अंक योगदान गरे।
पहिलो क्वाटर ९–९ को बराबरीमा सकिएको थियो भने दोश्रोमा ग्रिनफिल्डले २७–१५ को अग्रता बनाउदै जितको आधार खडा ग¥यो। हेराल्डले तेश्रोमा १५–११ र चौथोमा २०–१९ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन।
दोश्रो सेमिफाइनलमा लक्की महर्जनको १६ अंक सहयोगमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५३–४६ ले हरायो। जेभियरले पहिलो क्वाटरमा २०–४, दोश्रोमा ८–१३, तेश्रोमा १३–१० र चौथामा १२–१९ को प्रदर्शन ग¥यो। फाइनल बिहीबार हुनेछ।
