आहा!रारा गोल्डकप : फाइनल प्रवेशको लागि थ्री स्टार र ब्ल्याक बुल्स एफसी भिड्दै

पोखरा । २४औं संस्करणको आहा!रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज थ्री स्टार क्लब र ब्ल्याक बुल्स एफसी भिड्दैछन्।

यी दुई टोलीबीचको खेल कास्कीस्थित पोखरा रंगशालामा दिउँसो २:३० बजेबाट सुरु हुनेछ।

यस खेलको विजेताले शनिबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ।

प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको