पोखरा । २४औं संस्करणको आहा!रारा पोखरा गोल्डकप अन्तर्गत दोस्रो सेमिफाइनलमा ५ पटकको च्याम्पियन थ्री स्टार क्लब पहिलो हाफमा १-० ले पछि परेको छ।
कास्कीस्थित पोखरा रंगशालामा बिहिवार जारी दोस्रो सेमिफाइनल खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग
थ्री स्टार १-० गोलले पछि परेको हो।
खेलको २५औं मिनेटमा ब्ल्याक बुल्सका लागि कुभोनचबेकले गोल गर्दै सुरुआती अग्रता दिलाएका थियो।
यस खेलको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
