काठमाडाैँ । करातेका राष्ट्रिय खेलाडी बिपिन राज सिंह दर्जी लाइ लिटिल एन्जलस स्कुलका खेल प्रशिक्षक,र विभिन्न कक्षाका शिक्षक हरुबाट संकलित रकम एक मुस्थ रु एक लाख स्कुलका प्रिन्सिपल मुकुन्द राज शर्माबाट हस्तान्तरण गरे।
उक्त स्कुलमा सानै देखि अध्यन र कराते सिकेका विद्यर्थी बिपिन केहि समय अगाडी पेट सम्बधि गम्भिर रोग पेनक्रियाटाईतिज बाट ग्रसित भई लामो समय सम्म पाटन अस्पताल भर्ना भएका थिए।
आठौँ र नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक बिजेता रहेका बिपिन हाल सम्म पनि उपचार कै क्रममा रहेका छन। उक्त खेलाडी लाई बिरामी पर्दा तत्काल राष्ट्रिय खेलकुद परिषदको कल्याणकारी कोष बाट पनि आर्थिक सहयोग गरेको थियो।
