चितवनको मार्की खेलाडी अञ्जन विष्ट

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले मार्की खेलाडीको रुपमा अञ्जन विष्टलाई आवद्ध गरेको छ।

चितवनले शुक्रबार विष्टलाई मार्की खेलाडीमा नियुक्त गरेको जानकारी दिएको हो। अघिल्लो संस्करणमा चितवनले गोलरक्षक विशाल श्रेष्ठलाई मार्की खेलाडी बनाएको थियो।

अञ्जन यसअघि झापा एफसीको मार्की खेलाडी भने अञ्जन पहिलो संस्करणमा ललितपुर सिटी एफसीका मार्की थिए। यस्तै, चितवनले नेपाली राष्ट्रिय टोलीका पूर्वअन्तरिम प्रशिक्षक नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको